डिप्रेसन रोग परापूर्व काल देखि देखिएको रोग हो । डिप्रेसन रोग धेरै मानिसमा पाउने रोग हो । बिश्व स्वस्थ्य संगठनले डिप्रेसन जिवनकालमा पुरुषमा १५ र महिलामा २५ प्रतिशतसम्म हुने बताएको छ ।
डिप्रेसन रोग लागेको बिरामीलाई अर्कै रोगलागेको भान हुन्छ । पटक पटक उपचारको शिकायत गर्ने, धेरै परिक्षण गर्ने तर रोग नभेटिने समस्या हुन्छ । सोही पिडाका कारण केहि बिरामीले आत्महत्या गर्ने गरेको पनि पाईएको छ । एकै पटक धेरै अंगमा लक्षण देखिने रोग डिप्रेसन हो ।
केही बिरामीलाई नशा पोल्यो, हात खुठ्ठा झमझम गर्यो, सिल्का हान्ने भयो, शरिर तात्यो भन्ने हुन्छ । रोग पत्ता नलाग्दा उनीहरु अनेकौ औषधि पसल चार्हछन् । कतिपय बिरामी धामीझाँक्रिकोमा जान्छन्
नेपालमा डिप्रेसन रोगको कारणमा परिवारिक कलह,कार्य असफल हुनु, श्रीमान् बिदेशिनु, प्रेममा वियोग, आफन्तको मृत्यु, बिदेश बस्नु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु,ु र राजनितिक असन्तुलनको असर आदि मुख्य हुन् ।
कतिपय डिप्रेसन रोगका बिरामी राती निदाउँदैनन् वा निद्रा नपर्ने हुन्छ । डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन् । धेरै डिप्रेसनका बिरामी आफुलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौन असफलता भएको लक्षण लिई डाक्टर कहाँ आउछन् ।
डिप्रेस का लक्षणहरु कम्तीमा २ हप्तासम्म देखिएमा रोगको यकिन गर्न सकिन्छ । महिलामा डिपे्रसन बढी हुने खास कारण थाह भएको छैन तर सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको भन्ने अनुमान छ ।
डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन् । कतिपय बिरामीहरु सुरुमा बेलुकिपख टाउको दुख्ने , कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुख परेको मानिस देख्दा मन थाम्न नसक्नेलगायतका लक्षण देखिन्छ ।
मानिसहरुमा बिभिन्न खालका डिपे्रसन देखा पर्छन् । त्यसअनुसार लक्षणमा पनि विभिन्नता पाईन्छ । कतिपय डिप्रेसनका बिरामी झर्किने र बढि रिसाउने, एक्लै बस्न रुचाउने गर्छन् ।
शारिरिक रोग जस्तै क्यान्सर, मधुमेह, थाइराइड ग्रन्थिको गडबड तथा दिर्घ रोगिहरुमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ । डिप्रेसनका कारण कतिपय बिरामीहरु घाँटिमा केहि अडकियो भन्ने, आफुलाई क्यान्सर भयो भनि रुने, मर्ने भइयो भनेर आत्तिने, परिवारको बारेमा कुनै चिन्ता नलिने र जीवनमा आशामारेको पनि भेटिन्छन् ।
डिप्रेसनका बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन्, जस्तै सडकमा एकजना बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तीत हुने गर्छन् । डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै परीक्षामा १ पटक फेल भएमा अब सधै फेल भइन्छ भनि आतिन्छन् । जुन गलत हो ।
कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाईबाट पिडित हुन्छन् । मनमा यस्ता सोचाई लिन्न भनेपनि ति सोचाइ आउनाले छटपटि महसुस हुन्छ । डिप्रेसनका बिरामीमा सिटी स्क्यान, यम.आरआई गर्दा कुनै खराबी देखिदैन । तर न्यूरोट्रान्समिटर परीक्षण गर्दा मस्तिष्कमा सेरोटोनिन तथा नरइपिनेफ्रिन भन्ने तत्व कम देखिन्छ ।
डिप्रेसन रोग एक जटिल रोग हो । डिप्रेसन विभिन्न प्कारका हुन्छन् । र प्कार अनुसार लक्षण पनि फर फरक हुन्छ । समयमै उपचार गरे यो रोग निको हुन्छ । यो रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ ।
केहि डिप्रेसनका बिरामीमा काम्ने, बक्ने, अचानक बेहोस हुने, हातखुट्टा नचल्न,े शरिरको संवेदना हराउने, आफ्नो नाम उल्टो बताउने वा उत्तर उल्टो दिने, नबोल्ने, छिटो छिटो श्वास फेर्ने लक्षण पनि देखिन्छ ।
डिप्रेसनका बिरामी रोगका कारण केही बिरामीले अनौठो लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ । मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफुलाई नसाको रोग लाग्यो भन्न रुचाउछन् ।
समुदायमा ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन् । जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुदैनन् । समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो ।
डिप्रेशन रोगका बिरामीहरु कस्ता समस्या लिएर आउछन् ?
- बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउँछन् ।
- कतिपय बिरामीहरु क्यान्सर लागेको शंका गर्छन् ।
- कोही घाँटिमा केहि अड्कियो भनी आत्तिन्छन् ।
- कोही यौन अंगको समस्या भएको बताउँछन् ।
- कोही बिरामीहरु पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउँछन् ।
- कोही चाही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्छन् ।
- कोही ढाड दुख्ने, जोर्नि दुख्ने समस्याको सिकायत गर्छन् ।
- कोही खाना अपच, पाचन शक्तिमा कम भएको शिकायत गर्छन् ।
- कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विश्वास गर्छन् ।
- कोही अचानक वेहोस भएको बताउँछन् ।
- डिप्रेशनका बिरामी एक्लै शान्त ठांउमा बस्न रुचाउँछन ।
- कोही बढि चिन्ता गरिरहने र आप्mनो जिवन देखिनै हरेस खाएका हुन्छन् ।
कसरी मानसिक स्वस्थ बन्ने ?
- अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
- अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
- पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
- हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
- जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
- लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
- दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
- समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
- अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
- आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
- मनलाई सधै शान्त राख्ने ।
- योग, व्यायाम गर्ने ।
- रमाइलो गर्ने, परिवारलाई समय दिने ।
- मनका कुरा पोख्ने ।
- डा. सिपी सेडाई, नशा तथा मनोरोग बिशेषज्ञ, चितवन मेडिकल कलेज
No comments:
Write comments