Monday, November 20, 2017

के कारण ले हुन्छ हुन्छ हृदयाघात ? हृदयाघात हुन नदिन के गर्ने ?

welcome

A heart attack happens when the flow of oxygen-rich blood to a section of heart muscle suddenly becomes blocked and the heart can’t get oxygen. If blood flow isn’t restored quickly, the section of heart muscle begins to die.
युवा अवस्थामै किन हुन्छ हृदयाघात ?
विश्वमा हृदयाघातका कारण मृत्यु हुने मानिसको संख्या ठूलो छ । मृत्यु हुनेमध्ये २५ देखि ३५ प्रतिशत मानिस हृदयाघातले ग्रसित भएको विभिन्न अनुसन्धानले देखाएका छन् । निकै खतरनाकमध्येको एउटा रोग हो, हृदयाघात । यो रोगले मानिसलाई कुनवेला आक्रमण गर्छ भन्ने टुंगै हुँदैन । पछिल्लो समय यो रोगबाट ग्रसित हुने युवाको संख्या पनि ठूलो छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले सन् २०१३ मा गरेको सर्वेक्षणअनुसार २० प्रतिशतभन्दा बढी नेपाली युवा आकस्मिक हृदयाघातको जोखिममा छन् । हृदयाघात रोगबारे एक सामग्री :

के कारण ले हुन्छ हुन्छ हृदयाघात ?

मुटु छातीको दायाँ भागमा हुन्छ । त्यसैले छातीमा देखिएको समस्या हृदयाघातको लक्षण पनि हुन सक्छ । छातीको बीच भागमा अत्यन्त पीडा भएको अवस्थामा हृदयाघात हुन सक्छ ।
जतिवेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको हुन सक्छ । जटिल काम गर्दा थकाइ लाग्नु स्वाभाविक भए पनि जुनसुकै अवस्थामा पनि थकानको महसुस हुनुले भने मुटुसम्बन्धी समस्यालाई इंगित गर्छ ।



  • खलखली पसिना आउने, वेलावेला मर्ने त्रास पैदा हुने, चक्कर लाग्ने पनि हृदयाघातको लक्षण हुन् .
  • छातीमा पीडापछि वाकवाकी लाग्ने र उल्टी हुनेलाई पनि हृदयाघात हुन सक्छ ।
  • श्वासप्रश्वासमा समस्या हुँदै गएमा, दम बढेमा हृदयाघात हुन सक्छ ।
  • कतिपय मानिसलाई वंशाणुगत कारणले पनि मुटुमा समस्या हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, धूम्रपान, उच्च कोलेस्ट्रोल मुटुरोगका कारण हुन् ।

हृदयाघात हुन नदिन के गर्ने ?
हृदयाघातलाई रोक्न वा हृदयाघात हुन नदिनका लागि धेरै उपाय अपनाउन सकिन्छ । त्यसमध्ये व्यवस्थित खानपान, नियमित व्यायाम, शारीरिक सक्रियताले मुटुरोगलाई दूर गर्नका लागि मद्दत गर्दछ ।
 व्यस्त दैनिकी, मानसिक तनावलगायतका कारण युवाहरूमा हृदयाघात हुने प्रबल सम्भावना हुन्छ । त्यसैले यस्ता कुरालाई ध्यान दिन जरुरी हुन्छ ।
कतिपय युवाले आफ्नो जीवनलाई व्यवस्थित गर्न सकिरहेका हुँदैनन् । अव्यवस्थित जीवनयापन पनि हृदयाघातको प्रमुख कारण हो । त्यसैले मुटुरोगबाट बच्नका लागि व्यवस्थित जीवनशैलीसँगै शरीरलाई स्वस्थ राख्नुपर्छ ।
नुन, चिल्लो, हरियो सागपात, गेडागुडी र फलफूलको नियमित प्रयोगले पनि मुटुरोगबाट बचाउँछ ।
शरीरको तौल बढी भयो भने पनि मुटुमा समस्या उत्पन्न हुन्छ । त्यसैले तौल सन्तुलित राख्ने उपायहरू अवलम्बन गर्दै जानुपर्दछ ।
 एकपटक हृदयाघात भएको मानिसले जीवनभर औषधि प्रयोग गर्नुपर्छ । किनकि, यो जुनसुकै समयमा पनि दोहोरिन सक्छ ।
 हृदयाघातको समयमै उपचार गर्न सकियो भने निदान गर्न गाह्रो हुँदैन । तर, थोरै पनि हेलचेक्र्याइँ गरियो भने ज्यानै जान्छ । हृदयाघात भएको ६ घन्टासम्म उपचार गर्न सकिएन भने मानिसको मृत्यु हुन सक्छ ।
बिहानीपख हृदयाघात
राति १२ बजेदेखि बिहान ५ बजेको समयमा बढीजसो मानिसलाई हृदयाघात हुने गरेको पाइन्छ । यो समयावधिमा स्नायु प्रणालीलाई सक्रिय बनाउने भागले बढी काम गर्छ । जसले मुटुमा रसायनको सक्रियता बढाउँछ र मुटुमा दबाब सृजना भई हृदयाघात हुन्छ ।
भिडिओ हेर्नुहोस

No comments:
Write comments

LightBlog