एजेन्सी– निन्द्रा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ । गहिरो निन्द्राले स्वास्थ्यलाई फाइदा गर्ने चिकित्सकले बताउँदै आएका छन् । पर्याप्त निन्द्रा भएमा शरिर फूर्तिलो हुन्छ । त्यसो त सन्तुलित निन्द्राले डायबिटिज र मोटोपनबाट पनि बचाउछ । तर आवश्यकता भन्दा बढी सुत्यो भने स्वास्थ्यमा झन समस्या आउँछ । विज्ञहरुका अनुसार दैनिक १० घन्टा वा सो भन्दा बढी सुत्ने मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन्छ । अनिन्द्रा रोगको कारक जस्तै बढी सुत्दा पनि स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन्छ । यी हुन धेरै सुत्नुका बेफाईदाः
मुटु रोगको उच्च जोखिमः त्यसो त मुटुरोग विश्भवर नै मृत्युको प्रमुख कारक हो । संसारमा मृत्यु भएका मानिसहरुमधये धेरैको मुटुमा समस्या देखिएको पाइन्छ । ८ घन्टा भन्दा बढी सुत्ने मानिसलाई मुटु रोग लाग्ने ३४ प्रतिशत खतरा भएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । पुरुष भन्दा महिलाहरु बढी सुत्छन जसका कारण उनीहरु झन बढी मुटु रोगको जोखिममा छन् ।
तौल बढ्छः प्रर्याप्त नसुत्ने मानिसहरु तौल बढ्ने विभिन्न अध्ययनले देखाएको छ । तर अत्यधिक निन्द्रा र मोटोपनबीच पनि उत्तिकै सम्बन्ध छ । अन्सुन्धानबाट यो पनि देखिएको छ की जति मानिसहरु बढी सुत्छन्। त्यति नै उनीहरुको तौल बढ्ने गरेको छ । बढी सुत्दा शरिर निस्कृय हुने भएकोले क्यालोरी पग्दैन ।
डायविटिजको खतराः अत्यधिक मात्रामा सुत्दा ब्लड सुगरको तह बढ्छ । उच्च ब्लड ग्लुकोजले टाइप २ डायबिटिजको खतरा बढ्छ । सुत्दा निकै निस्कृय र बढी तौल बढ्ने भएकोले यसको प्रत्यक्ष असर डायबिटिजमा हुन्छ ।
दिमाग बोधिन्छः कतै तपाईको स्मरण शक्ति कम्जोर भएको त छैन ? यसमा निन्द्रा पनि मुख्य कारण हुन सक्छ । जर्नल अफ अमेरिकन जिरियाट्रिक्स सोसाईटीका अनुसार निरन्तर लामो सुत्ने मानिसको दिमाग सामान्यभन्दा २ वर्ष बुढो हुन्छ र दैनिक काम गर्न पनि गाह«ो हुन्छ ।
मुड विग्रन्छः डिप्रेसन र निन्द्रा एक अर्कासँग सम्बन्धित छन् । तर अन्डा पहिले की चल्ला पहिला भन्ने भनाई जस्तै हो । कुनै निश्चित डिप्रेसनले धेरै निन्द्रा लाग्छ । त्यस्तै लामो समय सुत्दा पनि डिप्रेसन हुन्छ । अर्थात् निन्द्राले डिप्रेसन पनि बढाउँछ र डिप्रेसनले निन्द्रा पनि बढाउँछ ।
No comments:
Write comments