राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको औपचारिक उद्घाटन गरेकी छिन्। अन्तराष्ट्रिय मापदण्ड अनुरुप एउटै छातामुनी गुणस्तरीय क्यान्सर उपचार सेवा प्रदान गर्ने उद्धेश्यसहित अस्पताल स्थापना गरिएको अस्पतालले जनाएको छ।
अस्पतालको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले वदलिँदो जीवनशैली र अस्वस्थ खानपानका कारण बढीरहेको क्यान्सरको उपचार सेवालाई विस्तार गर्नुपर्ने बताइन्। उनले गाँउगाँउमा जनचेतनामुलक कार्यक्रम चलाउँदै क्यान्सर रोग लाग्नै नदिने बाटोतर्फ लाग्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा राष्ट्रपति भण्डारीले क्यान्सर उपचारका लागि मात्र नेपालबाट ठूलो धनरासी देशबाहिर गैरहेको समयमा नेपालमै गुणस्तरीय सेवा प्रदान गर्ने अस्पताल खुल्नु राम्रो भएको बताइन्। ‘सरकारी अस्पतालहरुको सेवा विस्तारसँगै निजी तथा सामुदायिक अस्पतालहरुसँग पनि साझेदारी गर्दै गुणस्तरीय वा प्रदान गर्ने संस्थाको विस्तार हुनुपर्छ,’ उनले भनिन्, ‘सरकारले अवदेखि उपचारात्मक सहित रोग लाग्नै नदिने चेतनामुलक कार्यक्रमलाई पनि सँगसँगै लैजानुपर्छ ।’
स्वास्थ्य मन्त्री गगन थापाले क्यान्सर रोगको सुरुवाती अवस्थमा नै पहिचान गर्न स्वास्थ्य मन्त्रालयले गाँउ गाँउमा परीक्षण सेवा विस्तार गर्दै गएको बताए। ‘यो आर्थिक वर्षमा हामी एक हजार स्वास्थ्य संस्थामा क्यान्सरसहित नसर्ने रोगको परिक्षण सेवा सुरु गरिरहेका छौं,’ उनले भने, ‘यो सेवालाई क्रमश देशभरका सबै स्वास्थ्य संस्थामा विस्तार गर्दै जानेछौँ ।’ उनले क्यान्सर विरुद्धको लडाईमा सरकारको एक्लो प्रयासले सफलता हासिल गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग चाहिने बताए।
उद्योग मन्त्री नविन्द्रराज जोशीले उपचार सेवालाई सबैको पुहँचमा पुर्याउनुपर्ने बताए। उनले रकम अभावमा कोही बिरामी पनि उपचारबाट बञ्चित हुन नहुने कुरामा जोड दिए।
अस्पतालका कार्यकारी अध्यक्ष्य डा. सुदिप श्रेष्ठले ‘क्यान्सर निको हुनसक्छ’ भन्ने मुल नारा लिएर अस्पतालको सेवा अगाडी बढाइरहेको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा अस्पतालमा ५० शैयाको सेवा सुुरु गरिएको छ। दोस्रो चरणमा अस्पतालमा एक सय ५० शैयाको नयाँ भवन निर्माण गर्ने लक्ष्य रहेको छ।

No comments:
Write comments