सिस्नो अङ्ग्नेजीमा नेटल (Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ महिनावारी अनियमीत हुने ग्यास्ट्रिक स्त्रीरोग बाथ खाना नरुच्ने , मधुमेह ,उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाईसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्र रोगी,
रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ । त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाचिँएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल (Formic acid) ले पोल्ने(Histamine) र हिस्टामाइन ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५५ सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान गउडा चीज (Gouda) र यार्ग (Yarg) मा स्वादको लागि प्रयोग गरिन्छ। नेपाल को पहाडी क्षेत्र मा जनसंख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जताततै पाईदैन ।
शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् । हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन । मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिबार्य हुन्छ यसको लागि सिस्नु भन्दा उत्तम बिकल्प अरु केही हुन सक्दैन । सिस्नुले शरिरलाई सफा गर्ने मात्र होईन ढाड, घुँडा र जोर्र्नी दुखेको, झस्को पसेको, सर्को पसेको ठाउँमा बजारमा पाईने औषधीले भन्दा दशौं गुणा बढी काम गर्ने कृषि बिज्ञहरुको भनाई छ । यसलाई लगाउने तरिका भने अलि फरक छ । सिस्नुको सबै पात टिपेर डाँठले दुखेको ठाउँमा हिर्काउनुपर्छ । केहि मिनेट जति हिर्काएपछि डाँठमा रहेको काँडाले छालामा प्रतिक्रिया जनाई औषधीको काम गर्नेछ ।
बहु गुण भए को यो सिस्नु हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका काल्नामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ठ सागमा पर्छ । यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आगनमा भएता पनि यसको प्रयो कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै वसोवास छ र गरिवीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन् । यस्ता खालका मानीसहरुलाई यी वहुआयमीक खालका गाँउघरमै पाईने जडीवुटीका वारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानीसको संख्या कम गर्न सकिन्थ्यो । त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग वारेमा बुझाउन सके यस्ता वहु आयमीक जडीवुटीको खेती गरी आयआर्जनको राम्रो श्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्घत पुग्दथ्यो । नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाईने जडीवुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमीट्नास र वैदेशीक सहयोगको भर पर्नुपर्र्नेु बाध्यता अन्त्य हुने थियो ।
No comments:
Write comments