सामान्यतया स्वस्थ मानिसको तुलनामा लामो समयसम्म पनि दिशा नआएमा वा गोटा परेमा त्यसलाई कब्जियत वा मेडिकल भाषामा “कन्स्टिपेसन“ भनिन्छ । अरु कुनै समस्या नभएमा दीनको तीन पटक देखि हप्ताको तीन पटकको दिशा भएमा त्यसलाई सामान्य मानिन्छ । तर तीन दिन वा सोभन्दा बढी समयसम्म दिशा नभएमा वा दिशा गर्न बस्दा गाह्रो भएमा भने कब्जियत भएको हुन सक्छ । कब्जियत आफैमा कुनै रोग नभएर विभिन्न रोगको एउटा लक्षण हो । त्यसैले कब्जियत देखिएमा यसको कारण के हो भनेर पत्ता लगाउन जरुरी हुन्छ ।
कारणहरुः
- कब्जियत वा गोटा पर्नुको कारण सामान्यदेखि लिएर क्यान्सरसम्म हुन सक्छ । त्यसैले यो समस्या किन देखिएको हो भनेर समयमै पहिचान गर्न जरुरी हुन्छ । निम्न कारणहरुले कब्जियत देखिन सक्छः
- पानी कम पिएमा, खानामा फाइबरको मात्रा कम भएमा
- विभिन्न औषधीको नकारात्मक असरको रुपमा Opiods, Anticonvulsants, Antidepressants, Antacids, Calcium channel blockers समुहको औषधिलामो सेवन गरेमा
- शारीरिक कसरत कम भएमा वा कम शारीरिक परिश्रम काम गर्ने मानिसहरू जस्तै वृद्ध वृद्दामा
- विभिन्न नशा सम्बन्धी रोगहरु जस्तै पार्किन्सोनिजम, मल्टिपल स्क्लेरोसिस, पक्षघात आदि भएमा
- मधुमेह, थाइराइड कम बन्ने रोगः हाइपोथाइराइडिजम भएमा
- इरिटेवल वा ओल सिन्ड्रोम भन्ने रोग भएमा
- गर्भावस्थामा
- ठूलो आन्द्राको क्यान्सर भएमा
अन्य लक्षणहरुः
कब्जियतसँगै त्यसको कारण अनुरुप अन्य विभिन्न लक्षणहरु पनि देखि सक्छ ः
- दिशामा रगत देखिने
- पेट फुल्ने
- दिशा गर्न लाग्दा अत्यधिक दुख्ने तर दिशा नआउने
- घरीघरी दिशा आइरहेको जस्तो लाग्ने
- दिशा गर्ने ठाउँमा चिरा पर्ने वा घाउ देखिने
- तौल घट्ने
- दिशा आएमा पनि थोरै वा साह्रो आउने
जाँच कसरी गर्ने?
चिकित्सकले रोगसँग सम्बन्धित शारीरिक जाँच र केही प्रयोगात्मक जाँच गरेपछि कुन रोग लागेको पुष्टि गर्न सकिन्छ । आवश्यकता अनुसार कोलोनोस्कोपी भन्ने सानो पाइपको माध्यमबाट आन्द्राको स्थिती हेर्ने जाँच पनि गर्न सकिन्छ ।
उपचार के हो ?
- परिक्षणबाट कब्जियतको कारण यकिन भएपछि त्यही कारण अनुसार यसको उपचार गर्न सकिन्छ ।
- प्रशस्त पानी पिउने
- फाइबर युक्तखानाहरु जस्तै हरियो सागपात, फलफूलआदि यथेष्ट मात्रामा खाने
- लामो समयसम्म कब्जियत गराउने औषधिहरुको सेवन नगर्ने
- शारीरिक व्यायाम र कसरत गर्ने
- नसासम्बन्धी, आन्द्राको क्यान्सर वा अन्य कुनै कब्जियत गराउने रोग भएमा त्यसको समयमै उपचार गर्ने
No comments:
Write comments