Monday, July 25, 2016

सावधान!! इनर्जी ड्रिंक्सले इनर्जी हाेइन मृत्यु निम्त्याउँछ

welcome

थकान वा कमजोर महशुस हुँदा इनर्जी ड्रिंक्स पिउने गरे पनि नियमित आवश्यकता भन्दा बढी पिउँदा यसले स्वास्थ्यमा नै नकरात्मक असर पार्छ । शरिरलाई तत्कालै तन्दुरुस्त बनाउन विभिन्न प्रकारका पेय पर्दाथ बजारमा पाइने भए पनि यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
बीपी उच्चः इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा बढी हुने भएकोले उच्च रक्तचापको खतरा हुन्छ ।
मुटु रोगः आवश्यकता भन्दा बढी (दैनिक २५० एमएल) भन्दा बढी इनर्जी ड्रिंक्स खाएमा मुटु रोगको खतरा बढी हुन्छ । विशेष गरी किशोर किशोरीलाई यो खतरा बढी हुन्छ ।

डायबिटिजः इनर्जी ड्रिंक्समा चिनीको मात्रा (फ्रक्टोज) बढी हुने भएकोले डायबिटिजको खतरा हुन्छ ।

माइग्रेसन र टाउकोको दर्दः इनर्जी ड्रिंक्समा हुने कफीनका कारण माइग्रेसन र शिर दर्दको समस्या हुन्छ ।

एंग्जाईटी डिसअर्डरः इनर्जी ड्रिंक्समा रहने क्याफिनले एंग्जाईटी हुन्छ । मुटुको गति तेज हुन्छ, ठन्डा पसिना आउने र हात काँप्ने लगायतका समस्या देखिन्छन् ।

निन्द्रामा समस्याः इनर्जी ड्रिंक्सको कफीले निन्द्रा नलउने लगायत अन्य स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउँछन् ।

सुगरको कूलतः नियमित इनर्जी ड्रिंक्सले सुगर र कफिनको कूलत बढाउँछ ।

मानसिक समस्याः आवश्यकता भन्दा बढी इनर्जी ड्रिंक्स लिँदा मानसिक स्वास्थ्यमा असर पर्छ । डिप्रेसन, नर्भस, स्ट्रेस लगायतका इमोसनल समस्या उत्पन्न हुन्छ ।

वाकवाकीः खाली पेट इनर्जी ड्रिंक्स पिउँदा सुगर वाकवाकी वा वान्ता आउने समस्या हुन्छ । दाँतको समस्याः इनर्जी ड्रिंक्सले दातसम्बन्धि समस्या ल्याउछ । दाँतको इनामेल जाने सम्भावना हुन्छ ।

No comments:
Write comments

LightBlog