Wednesday, November 29, 2017

Rashifal आज १४ मङ्सिरको राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल मार्गशिर्ष १४ गते बिहीबार इश्वी सन २०१७ नोभेम्बर ३० तारीख मार्गशिर्ष शुक्ल पक्ष द्वादशी तिथी चन्द्रमा मिन राशिमा १३ः०७ बजे सम्म पश्चात मेष राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु वैष्णवहरुको मोक्षदा एकादशीव्रत –ज्यो . पं . सरोज घिमिरे ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आर्य आर्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । प्रतिश्पर्दिहरु सवल रहनाले कार्य सम्पादनमा कठिनाई उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा समय उत्तम रहेको छैन । स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कला कौशलका क्षेत्रबाट प्रशस्त आम्दानि लिन सकिनेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने सम्भावना रहेकोछ । मानसिक चन्चलताका कारण अध्यन अध्यापनमा कठिनाई उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा जुट्ने अवसर प्राप्त हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
कार्य क्षेत्रमा लगाईएको श्रमको उचित कदर हुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुन सक्नेछ । प्रियजन सगँको क्षणिक बियोगको सम्भाबना रहेकोछ । साहित्य संगीतका तर्फ मन रम्नाले एकान्त प्रिय वाताबरणमा मन रम्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक क्षेत्रको यात्राको सम्भावना रहेकोछ । मित्र तथा दाजु भाईहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुनाले कार्यको श्रेय समेत प्राप्त रहनेछ । मान्यजनको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रिय खवरको श्रवणले मन प्रशन्न रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ क्षेत्रको समस्या जटिल बन्नसक्ने सम्भाबना रहेकोछ । खानपानको क्षेत्रमा बिषेश सजग रहनु उत्तम रहनेछ । यात्राका क्रममा सामान्य चोट पटक योग रहेकोछ । मनमा उत्पन्न नकरात्मक सोचका कारण मानसिक तनाब बढ्नेछ । कार्य सम्पादनमा अरुको दबाव सहनु पर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जिवन साथिको साथ सहयोगमा स्थीर क्षेत्रमा गरीएको लागानिको दीर्धकालिन फाईदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायमा खर्चिएको समय उत्तम रहनेछ । बाणीमा मधुरता छाउनाले हर क्षेत्रमा प्रशंसित रहिनेछ । भोज भातेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक कार्य प्रति रुचि बढ्ने योग रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिश्पर्दा जन्य क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको योग रहेकोछ । बिद्यार्थी बर्गहरुको निम्ती उत्तम समय रहेकोछ । सामान्य कार्यका लागी अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेको कार्य परीर्वतनको योग रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजन सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । कामकाजका क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भौतिक श्रोतसाधनको परीचालनमा समय ब्यतित रहनेछ । प्रिय खबरको श्रवणले मन प्रशन्न रहनेछ । कार्य क्षेत्र परीर्वतनको सम्भाबना रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित तुल्याउला । शारीरिक स्फुर्ति बढ्नेछ । कार्य क्षेत्रमा भने त्यति समय तथा मन लगाउन नसकिएला । अरुको कार्य त्रुटिको दोषको भागीदार बन्नुपर्नेछ । झन्झट पुर्ण यात्राको सम्भाबना रहेकोछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित हुनेछ । स्वास्थ क्षेत्रमा सामान्य सुधारको अनुभब हुनेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको योग बन्नेछ । सभासम्मेलनमा सरिक रहने अवसर जुट्नेछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मानसिक चन्चलताका कारण ब्यपार ब्यवसायमा कठिनाई आईपर्न सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहनेछ । सामान्य मान सम्मान प्राप्तीको योग समेत रहेकोछ ।
LightBlog