Monday, July 25, 2016

क्यान्सर बारे ‘भविष्यवाणी’ गर्ने नयाँ तरिका पत्ता लाग्यो

welcome

चिकित्सकले वंशाणुगत परीक्षण गरेर स्तन क्यान्सर भएका महिला सुरक्षित छन् वा छैनन् भन्ने थाहा पाउन सकिने एक नयाँ अध्ययनले देखाएको छ ।
सो परीक्षणबाट महिलाको क्यान्सर शरिरभर फैलिन्छ वा फैलिदैन भन्ने विषयमा वास्तविक ढंगले अनुमान गर्न सकिने बताइएको छ । खोजकर्ताले यसलाई ‘ब्रेष्ट क्यान्सरमा ब्रेकथ्रु’ भनेका छन् ।

विद्यमान परीक्षण (अनकोटाइप डीएक्स ) दुई साता लाग्नेमा नयाँ परीक्षण भने केही दिनमै सम्पन्न हुने विश्वास गरिएको छ ।

एक दशकमा कसरी क्यान्सर विकसित हुन सक्छ भन्ने भविष्यवाणीका लागि ट्युमरको वंशाणुगत बनोटको  परीक्षणले जानाकारी प्रदान गर्छन् ।

कुन बिरामी शल्यक्रियापछि केमोथेरापी उपचारबाट लाभन्नित हुन सक्छन् र कसलाई केमोथेरापीको आवश्यक पर्दैन भन्ने विषयमा परीक्षणबाट थाहा हुन्छ, ताकी बिरामी अनावश्यक साईडइफेक्टबाट बच्न सकुन् ।

यी दुबै परीक्षण ओइस्ट्रोजेन रिसेप्टर पोजेटिभ र एचइआर २ नेगेटिभ रोग भएका महिलामा हुने गर्छ । यी रोगका कारण दुई तिहाई महिलालाई स्तन क्यान्सर हुन्छ ।

बेलायतमा हरेक वर्ष ३३ हजार महिलामा इआर÷एचइआर २ स्तन क्यान्सरको उपचार हुने गरेको छ । रोग फैलिएको खतरा पहिचान गरेपछि केमोथेरापीबाट थोरै फाईदा देख्ने महिलाहरु यसको साइड इफेक्टबाट बच्न सक्ने विश्वास गरिएको छ । लन्डनस्थित क्वीन म्यारी इन्सिट्च्युटको सहकार्यमा रोयल मार्सडेन एनचएएस फाउन्डेसन ट्रस्ट र इन्सिट्च्युट अफ क्यान्सर रिसर्चका अनुसन्धानकर्ताहरुले सो अध्ययन गरेका हुन् ।

क्यान्सर स्तन ग्रन्थीसम्म फैलिएको छ वा छैन र महिलामा क्यान्सर फैलिने खतरा ट्युमरको आकारसँग जोडिएको वंशानुगत परीक्षण अनुमान गरिन्छ । १० वर्षसम्म दश प्रतिशत भन्दा न्यून फैलिएको छ भने त्यस्ता महिलालाई न्यून खतरा भएको सूचीमा वर्गीकृत गरिन्छ ।

No comments:
Write comments

LightBlog