Tuesday, August 1, 2017

हरियो धनियाँको जुस पिउनुहोस्, शरीर हुन्छ भित्रैबाट सफा

welcome

दिनभरीको धुँवा-धूलो, बर्थडे पार्टीमा लगाएको हलुका चुस्की अनि बाहिरको फास्टफूडका कारण तपाईँको आन्तरिक शरीरमा विभिन्न किसिमका विषालु पदार्थहरू जम्मा भएका हुन्छन्। हुन त यस्ता विषाक्त पदार्थहरू तपाईँको पसिना, दिसा, पिसाब, खकार-सिँगान अनि कानेगुजीको मार्फत बाहिर निस्किन्छन्। तर कतिपय यस्ता विषाक्त पदार्थहरू हुन्छन्, जुन सजिलै बाहिर निस्कन मान्दैनन् र मृगौला, कलेजो, पित्तथैली, मलाशय अनि मूत्राशयमा गएर जम्मा हुन्छन्। जसको कारण क्यान्सर, अल्सर, पत्थरी जस्ता घातक समस्याहरू आउन सक्छन्।

त्यसैले हाम्रो शरीर भित्रका फोहोरहरूलाई हामी आफैले सफा गर्नुपर्ने हुन्छ। यस्तो प्रक्रियालाई ‘डिटक्सिफिकेसन’ (Detoxification) भनिन्छ।

शरीरलाई डिटक्सिफाइ गर्ने तरिकाहरू थुप्रै छन्। कैयौँ चिकित्साविधीबाट पनि शरीरको आन्तरिक फोहोरलाई सफा गर्न सकिन्छ। तर, त्यसो गर्नुभन्दा घरमै बसेर घरेलु विधि अपनाएर भित्रको फोहोर सफा गर्नु बुद्धिमानी हुन्छ।

हरियो धनियाँ

हिरयो धनियाँलाई मिक्स्चर अथवा अन्य साधनको माध्यमबाट पिसेर त्यसको जुस पिउनाले शरीरलाई भित्रैबाट सफा बनाउनमा मद्दत गर्दछ। यसमा पाइने फाइबर, क्लोरोफिल, बेटा-क्यारोटिन र सेल्मोनेलाले शरीरलाई डिटक्सिफाइ गर्नमा ठूलो भूमीका खेल्दछ।

हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् । हाम्रा अग्रजहरूले धनियाँ प्रयोग गर्न सुरू गर्नुको कारण भने सायद केही स्वास्थ्यलाई फाइदा गर्ने गुणहरू भेटेर नै हुन सक्छ । धनियाँले स्वास्थ्यमा गर्ने प्रभावका बारेमा केही खोजहरू समेत भएका छन् । धनियाँ स्वास्थ्यका हिसाबले निखै महत्वपूर्ण पदार्थ भएको समेत अनुसन्धानकर्ताहरू बताउँछन् ।

थाहा पाऔ के-के छन् धनियाँ खानुका फाइदाहरू…

– धनियाँले पेटमा रहेको वायूलाई पनि फ्याक्ने काममा मद्धत गर्छ । साथै पाचनशक्ति पनि बढाउँछ । धनियाको हरियो पात पित्त नाशक पनि हुन्छ । पित्त या कफले सताएमा दुई चम्चा धनियाँको हरियो पातको रस खाने गरे फाइदा गर्छ ।


– धनियाँमा पाइने एन्टीसेप्टिक र एन्टीअक्सिडेन्टले तपाईको अनुहारलाई फाइदा गर्छ । यसले अनुहारमा निखारता तथा चमक ल्याउन समेत मद्धत गर्छ । धनियाँको हरियो पात पिसेर अनुहारमा लगाउनु फाइदाजनक हुन्छ । यसले छालाको एलर्जीको समस्यामा पनि फाइदा गर्छ ।

– धनियाँको पत्तिमा एन्टी ट्युमेटिक र एन्टी अर्थराइटिसको गुण हुने गर्छ । यसले दुखाई कम गर्न समेत मद्धत गर्छ ।

– यदी तपाईलाई निन्द्रामा समस्या छ भने धनियाँको प्रयोग गर्नुस् फाइदा जनक हुन्छ । डाइबेटिजबाट पिडित मानिसलाई समेत यो निकै उपयोगी हुन्छ । यसले इन्सुलिन बढाउन मद्धत गर्छ र रगतको ग्लुकोजलाई कम ग्रन मद्धत गर्छ ।

– धनियाँले एनिमियाबाट समेत छुटकारा दिन मद्धत गर्छ । एन्टी अक्सिडेन्ट, भिटामिन ए, सी, र केही मिनरलका कारण धनियाँले क्यान्सरबाट समेत बचाउन मद्धत गर्छ ।

No comments:
Write comments

LightBlog