Saturday, June 10, 2017

दुर्घटनामा परेको हेलिकोप्टरका चालकसहित सातै जना सकुशल

welcome

तीर्थयात्री लिएर प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएको हेलिकप्टर शनिवार रसुवामा दुर्घटनामा परेको छ । काठमाडौवाट तीर्थयात्री लिएर गोसाइकुण्ड पुगेको मनाङ एयरको हेलिकप्टर गोसाइकुण्ड नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

मनाङ एयरको नाइनएन एएलडी कलसाइनको ६ सिटको हेलिकप्टर गोसाइकुण्डमा अवतरणको क्रममा पछाडिको पुच्छर हेलिप्याडमा ठोक्किएर दुर्घटनामा परेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । चालकसहित सवै यात्रु सकुशल रहेको उहांले बताउनुभयो ।

गोसाँइकुण्ड गाउँपालिका वडा नं. ५ मा रहेको गोसाइकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको छ । कुण्डको पश्चिमी भेगमा रहेको हेलिप्याडमै भएको दुर्घटनाबाट सो हेलिकप्टरमा सामान्य क्षति पुगेको छ ।

चालक प्रकाश सेढाइले उडाएको सो हेलिकप्टर मार्फत काठमाडौबाट गोसाइँकुण्डमा स्नान गर्न गएका चालक सहित ७ जना दुर्घटनाबाट जोगिएका छन् । स्थानीयवासीले हेलिकप्टर तथा चालकसहित यात्रुहरुको उद्धार गरेका छन् ।

घटनालगत्तै काठमाडौवाट मनाङ र डाइनेष्टि एयरको दुई वटा हेलिकप्टर प्राविधिकसहितको टोली लिएर गोसाइकुण्ड पुगेर ६ यात्रुलाई काठमाडौ ल्याएको मनाङ एयरका कर्पोरेट चिफ राजु न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा परेको हेलिकप्टर गोसाइकुण्डको हेलिप्याडमै छ ।

तीन जनाको प्राविधिक टोलीले दुर्घटनामा परेको हेलिकप्टरको परिक्षण गरिरहेको छ । गोसाइकुण्डमा हुस्सु र चिसो रहेको कारण दुर्घटनापछि हेलिकप्टरमा आगजनी हुन नपाएको प्रहरीले जनाएको छ ।

No comments:
Write comments

LightBlog