काँग्रेसले बाँड्यो १ लाख ५० हजारको औषधी
नेपाली काँग्रेस मेचीनगरले एक लाख ५० हजार बराबरको औषधी धुलाबारी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ । काँग्रेस मेचीनगरको आयोजनामा गत माघ ८ देखि १४ गतेसम्म भएको प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवमा बितरण गरेर बाँकी रहेको बिभिन्न २० प्रकारका औषधी आज स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको काँग्रेस मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकीले बताउनु भयो । बुढाथोकीका अनुसार प्रयोगमा आउन सक्ने र उपभोग गर्ने समय भएका औषधी मात्र स्वास्थ्य केन्द्रलाई बितरण गरिएको छ । समय गुज्रीएका औषधीलाई नष्ट गरिएको समेत बुढाथोकीले जानकारी दिनु भयो ।
स्लाइन, सिरिञ्ज, बच्चाको औषधी, भिटामीन, आइरन ट्यावलेट, सुगरको औषधी ,मुटुको औषधी, आँखाको औषधी , प्रेसरको औषधी , विभिन्न एन्टीवायटिक लगायतका औषधी बितरण गरिएको काँग्रेसले जनाएको छ । आज एक कार्यक्रमका बिच धुलाबारी स्वास्थ्य केन्द्रका अध्यक्ष खड्गबहादुर धिमाल र केन्द्रकी प्रमुख डा.एलिजा गौतमलाई उक्त परिमाणका औषधी हस्तान्तरण गरिएको काँग्रेस जिल्ला सदस्य पुष्पराज पौड्ेले बताउनु भयो । यसअघी नेपाल रेडक्रस सोसाइटी धुलाबारी शाखालाई समेत काँग्रेसले औषधी हस्तान्तरण गरेको थियो ।
२ करोड ३७ लाख बराबरको औषधी संकलन भएको स्वास्थ्य महोत्सवमा बितरण गरेर बाँकी रहेका औषधी यस क्षेत्रका बिभिन्न स्वास्थ्य केन्द्रलाई बितरण गरिने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचन वडा नम्वर १० को प्रचार प्रसार कार्यलय धुलाबारी मोडमा भएको कार्यक्रममा स्वास्थ महोत्सबाट १२ लाख जतिको औषधी बितरण गरेर बाँकी रहेको काँग्रेसले जनाएको छ ।
कार्यक्रममा स्वास्थ महोत्सव आयोजक कार्यक्रम संयोजक इन्द्र बहादुर बुढाथोकी , क्षेत्रिय सभापति मणिकुमार उप्रेती , काग्रेस नेता बिमल आचार्य लगायतले संयुक्त औषधीको कार्टुन स्वास्थ संस्थाका अध्यक्ष खड्ग धिमाललाई हस्तानान्तरण गर्नु भएको थियो ।
प्रथम स्वास्थ महोत्सव आयोजक समितिका कार्यक्रम संयोजक तथा मेचिनगर नगरपालिका काग्रृेस सभापति इन्द बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा , नेपाली काग्रेस क्षेत्रिय सभापति मणि उप्रेती , काग्रेस नेता बिमल आचार्य , धुलाबारी स्वास्थ संस्था अध्यक्ष खड्ग धिमाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सचिवालय संयोजक तथा जिल्ला सदस्य पुष्प राज पौडेलले गर्नु भएको थियो ।

No comments:
Write comments