![]() |
ICU Service |
मेची अञ्चलको सरकारी अञ्चल अस्पताल मेची अञ्चल अस्पतालले आजबाट सधन कक्ष अर्थात् आई.सि.यु सञ्चालनमा ल्याएको छ ।
४ बटा बेड र २ बटा भेण्टीलेटर सेवा सहित मेची अञ्चलको इतिहासमै पहिलो पटक आई.सि.यु सेवा सञ्चालनमा ल्याईएको हो । रु ८० लाखको लागतमा सञ्चालनमा आएको सेवामा डा. जोसनलाल वज्रचार्यको नेतृत्वमा दैनिक ७ जना स्टाफ नर्सले सेवा प्रदान गर्ने मेचि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनु भयो ।
गरिब तथा विपन्न वर्गका मानिसहरुलाई लक्षित गरेर नेपाल सरकार स्वास्थ मन्त्रालय र अञ्चल विकास समितिको पहलमा सधन कक्ष अर्थात आई.सि.यु सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष कट्टेलले जानकारी दिनु भयो ।
आज अस्पताल परिपसमा एक कार्यक्रमका बिच सधन कक्षको उद्घाटन गरिएको हो । सधन कक्षको सयुक्त रुपमा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र अध्यक्ष कट्टेलले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले जटिल तथा कठिन समस्या लिएर आउने बिरामीले अवका दिनमा सरकारी स्वास्थ उपचार सेवाबाट बञ्चित हुन नपर्ने बताउनु भयो । यस्तै अध्यक्ष कट्टेलले जटिल अप्रेशन गर्नु पर्ने बिरामीले अव सम्पुर्ण सेवा मेचि अञ्चल अस्पतालबाट प्राप्त गर्न सक्ने बताउनु भयो ।
मेची अञ्चलन अस्पतालका मेडिकल सुपरिटेण्डेन्न डा. पिताम्बर ठाकुरले स्वागत गर्नु भएको कार्यक्रममा पुर्व अध्यक्ष ज्योति सिंह दार्लान , विकास समिती सदस्य धनश्याम अधिकारी , यस्तै काग्रेस क्षेत्रिय सभापति गणेश पोख्रेल , एमाले भद्रपुर इञ्र्चाज असारु राजवंशी लगायतले मन्तव्य राख्नु भएको थियो ।

No comments:
Write comments