(Ringworm) दाद फंगस (Fungus) बाट हुने infection हो जो हाम्रो शरीरमा काही पनि निस्कन सक्छ ! यो एउटा यस्तो Infection हो जुन छुने बित्तिकै शरीरको अन्य ठाउ तथा अन्य व्यक्तिलाई सर्न सक्छ ! दाद भएको ठाउमा अत्याधि चिलाउने भएकोले यो रोग लागे पछी अत्यधिक पिडा हुन्छ कन्याउदा पोल्न थाल्छ नकन्याउदा पिडा हुन्छ ! यहाँ दादका केहि लक्षण र तिनका समाधानका केहि घरेलु उपाए बारे जानकारी दिएको छ !
दादका लक्षण (Symptoms of Ringworm)
- छालामा रातो रंगको गोलो आकारको धब्बा देखिनु दाद हुन् सक्छ
- दाद भएको ठाउँमा अत्यधिक चिलाउछ
- दाद एक ठाउँमा निस्केपछी फैलिदै जान्छ
नरिवलको तेल (Coconut Oil)
दाद्लाई निको पर्न यो एक सरल तरिका हो ! नरिवलको तेलले चिलाको ठाउमा लगाउदा आराम मिल्छ ! यसले छालालाई नरम पनि बनाई राक्छ ! यसलाई राति सुत्नु भन्दा पहिले लगाउनु राम्रो हुन्छ !
बेसार (Turmeric)
काँचो बेसारको पेस्ट बनाई उक्त पेस्टलाई रुवामा बेरेर दाद भएको ठाउमा लगाउदा पनि दाद ठिक हुन्छ !
तित्री र कागती
तित्रीको बिउलाई पिधेर पेस्ट बनाई कागतीको रस मिलाई दाद भएको ठाउमा लगाउदा पनि दाद ठिक हुन्छ !
निम
निमको पातलाई पिधेर पेस्ट बनाई उक्त पेस्ट दिनको २/३ पल्ट दाद भएको ठाउमा लगाउदा पनि दाद ठिक हुन्छ !
कपुर
कपुरको पाउडरलाई दाद भएको ठाउमा दिनै पिच्छे दल्नाले पनि दाद ठिक हुन्छ !
म्यावा
ताजा म्यावा काटेर स्यनु स्यनु टुक्रा बनायर दाद भएको ठाउमा लगाउदा पनि दाद जाति हुन्छ !
नोट : दाद भएको ठाउमा साबुन नलगाउने तथा दिनै पिच्छे नुहाउन जरुरि हुन्छ !
No comments:
Write comments