Tuesday, September 27, 2016

अमला फल एक फाईदा अनेक ! दैनिक अमला सेवनले रोग संग लड्ने क्षमता बढ्छ !

welcome

परम्परा गत रुपमा प्रयोग गरिने औषधि त्रिफलाको तीन  औषधिमध्ये अमला एक उपयोगी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ एकवटा अमलामा तीन वटा सुन्तलामा भन्दा  धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ साथै विभिन्न रोगहरु निको पर्ने क्षमता समेत अमलामा हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

– ग्यास्ट्रिक,फोक्सोसंग सम्बन्धित रोग छ भने खानुहोस अमला
– अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।
– प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र
– कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।

– अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन।

– दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।

– अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।

– दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।

No comments:
Write comments

LightBlog