Friday, September 23, 2016

कुन चिया स्वास्थ्यको लागि अति उत्तम ?

welcome

के तपाईको चिया पिउने बानी छ ? कस्तो चिया पियुनु स्वास्थ्यको लागि राम्रो ? दैनिक गरिने खानपिन मा यस्ता कुरा जान्न अति जरुरि हुन्छ । दुध चियाले  चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ साथै यसले मोटोपन बढाउछ । दुध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
गुणस्तर हिन चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले दिनमा चार कप भन्दा बढी चिया पिउनु हुदैन । सम्भव भए यसमा पनि कम गर्दा राम्रो ।

चिया पिउनै परे सबैभन्दा राम्रो छनोट ग्रिन टी हुनसक्छ । यसले शरीरको तौल घटाउन पनि मद्धत गर्छ । यसमा एन्टिअक्सिडन्ट पनि पाइने भएकाले शरीरलाई फाइदा गर्छ । सिधै चियापत्ति राख्नुभन्दा टी ब्याग राम्रो मानिन्छ । किनकी चिया उमाल्दा चियापत्तिमा पाइने पोषकतत्व नष्ट हुन्छ ।

दुधले पनि चियापत्तिमा पाइने एन्टिअक्सिडन्टलाई नष्ट गर्छ । कालो चियाले रक्तनलिमा क्लट हुनबाट रोक्छ । र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउछ । सुद्ध  चियापत्तिमा भिटामीन सि, डि, के र एमिनो एशिड हुन्छ जसले शरीरलाई फाइदा गर्छ । कालो चियामा चिनि अन्त्यन्तै न्युन राखेर वा राख्दै नराखी पिउदा फाइदा गर्छ । त्यसैले दुध चिया भन्दा कालो चियाले फाइदा गर्छ । अहिले बजारमा प्राप्त बिषादि युक्त चियाले भने शरीरलाई भने नोक्सान पुर्याउने स्वास्थ्य बिशेषज्ञको दाबी छ ।

No comments:
Write comments

LightBlog