Friday, September 23, 2016

दही र मोही स्वास्थ्यको लागि कति उत्तम ?

welcome

के तपाई आफ्नो दैनिक भोजनमा दही र मोहीको नियमित प्रयोग गर्नुहुन्छ ? के तपाईलाई थाहा छ नियमित मोही सेवनले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ । आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन ।’ स्वादको हिसाबले मात्र नभई दहीमोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन् ।
हामि मध्य धेरैलाई थाहा नहुन सक्छ दूधबाट दही बन्दा विषेश प्रकारको किटाणु पैदा हुन्छ । तर यसले हाम्रो स्वास्थ्यकालागि सकारात्मक काम गर्छ । बच्चा, गर्भवती महिला र वृद्धवृद्धाको हाडकालागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ । हाडकालागि क्याल्सियमको निकै ठूलो महत्व छ । विशेषगरी उमेर बढदै जाँदा हाडको घनत्व कम हुदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । महिलाको महिनावारी बन्द भएको बेला यो समस्या निकै देखिन्छ । क्यालसियमका लागि दही निकै राम्रो स्रोत हो ।

दूध खान मन नलाग्ने, दूध नपच्ने वयस्क वा बच्चाहरुकालागि दही एउटा उत्तम बिकल्प हो ।  कतिपय व्यक्तिलाई एन्टिबायोटिकको प्रयोग गर्दा पखाला लाग्ने गर्छ । यसबाट बच्न दहीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ । अनुसन्धानहरुले के पनि देखाएका छन् भने दहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउँछन् । यसले आन्द्रामा हुने क्यान्सर कम गर्न मद्दत गर्छ ।

मध्य एसियाली देशहरु उज्वेकिस्तान, काजाकस्तान, तथा युरोपेली देश बुल्गेरियाका बासिन्दाहरु आफ्नो दैनिक भोजनमा दही बढी नै प्रयोग गर्ने भएकाले स्वस्थ हुन्छन् भन्ने एक अध्ययनले देखाएको छ । सन् २००० को डिसेम्बरमा बंगलादेशको राजधानी ढाकामा सम्पन्न स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनमा विश्व प्रसिद्ध किताब डाक्टर नभएमा लेखक डा. डेभिड बर्नरले बच्चालाई पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधि दही र भात हो भनेर भनेका थिए ।
कब्जियत आजको आधुनिक समाजमा ठूलो समस्याको रुपमा देखापरेको छ । कब्जियतले शरीरका विभिन्न भागमा समस्या निम्त्याउँछ । कब्जियतको समस्याबाट बच्न हरेक उमेरका व्यक्तिले मोही र दहीको प्रयोग गरेमा यो समस्या स्वतः समाधान हुन्छ । दही र केरा मिसाएर खाएमा कुपोषित व्यक्ति, गर्भवती महिला, दूध खुवाउने महिला र लामो बिरामीबाट भर्खर उठेका व्यक्ति सबैलाई अत्यन्तै जरुरी हुन्छ ।

नेवार समुदायमा भोज खानेबेलामा सम्पुर्ण भोजन सिद्धिसकेपछि अन्त्यमा दही र मूला दिने चलन छ  । यो परम्परालाई निकै वैज्ञानिक मान्नुपर्ने हुन्छ । दहीलाई एउटा सम्पुर्ण भोजन पनि मानिन्छ, जसले शरीरलाई पुष्ट राख्छ र विभिन्न समस्याको समाधान पनि गर्छ । भारतका कतिपय ठाँउहरुमा छाला राम्रो बनाउन दही, बेसन र बेसार मिसाएर लगाउने चलन छ । यसले छालालाई नरम र चिल्लो बनाँउछ भन्ने मान्यता छ । घरेलु औषधिका रुपमा दहीलाई कपालको चाया हटाउनकालागि पनि प्रयोग गरिन्छ । दही र कागतीको मिश्रण बनाएर दुई घण्टापछि कपालमा लगाउनाले चायाको प्रकोप कम हुनुका साथै कपाल चम्किलो पनि हुन्छ भन्ने अनुभव धेरैले बटुलेका छन् ।
हेर्नुहोस दहि खानुका २० फाईदा
१. अपच हट्छ: दहीमा भुटेको जिरा पिसेर हाली त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ ।
२. टाउको दुखाइ हटाउँछ: बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीसँग भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ।
३. वजन घटाउँछ: पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ।  
४. पोषण प्रदान गर्छ: दहीमा भिटामिन(ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ।  
५. हड्डी बलियो बनाउँछ: दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ।  
६. एसिडिटी हटाउँछ: एसिडिटी छ भने बिहान एक कचौरा दही खाएमा एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ।  
७. बाथको असर कम गर्छ: बाथसम्बन्धी समस्या भएकाहरूले दही खाँदा राहत मिल्छ।  
८. मुटु बलियो बनाउँछ: दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जान्छ । दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित राख्छ।  
९. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ: दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ।  
१०. योनिको खटिरा हटाउँछ: योनिमा खटिरा आउने (भेजिनल यिस्ट इन्फेक्सन) छ भने दिनहुँ दही खाने गर्नाले खटिरा हराउँदै जान्छ।  
११. चिन्ता हटाउँछ: दिनहुँ दही खानाले दिमाग स्थिर रहन्छ। जसले चिन्तामुक्त हुन मद्दत गर्छ।  
१२. अनुहार चम्किलो बनाउँछ: दहीमा भिटामिन (ई, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । जसले  छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही र कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ।  
१३. दूधको अभाव पूर्ति गर्छ :अपच हुने समस्या, एलर्जीलगायत कारणले दूध खान सक्नुहुन्न भने दही खानुस्। दूधबाट शरीरले पाउने यावत लाभ दहीले पनि दिन्छ।  
१४. यौनशक्ति बढाउँछ: यौन दुर्बलता भएमा खानाअघि दही खाने गर्नाले यौन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ।  
१५. व्यायामपछि लाभदायक: दहीमा प्रोटिन, कार्बोहाइड्रेटलगायत सन्तुलित मात्रामा पाइने भएकाले व्यायामपछि दही खानु राम्रो हुन्छ। व्यायामका क्रममा पसिनामार्फत निकास भएका शरीरका खनिजको अभाव दही खानाले पूर्ति हुन्छ।  
६. रुघाखोकी कम गर्छ: रुघाखोकी लाग्ने गरिरहन्छ भने दिनहुँ दही खाने गर्नुपर्छ। दहीमा पाइने लाभकारी ब्याक्टेरियाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकी लागिरहने क्रम कम हुन्छ।
१७. दाँत स्वस्थ राख्छ: दहीमा अमिलोपन भए पनि यसमा दाँतका इनामेल हटाउने खालको अम्लीय तत्व हुँदैन। दहीमा ल्याक्टिक एसिड पाइन्छ, जसले दाँतको इनामेल हटाउनुको सट्टा दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ।
१८. कपाल झर्न रोक्छ: दहीले कपाल मालिस गरी केही समय त्यसै छोडेर धुने। यसो गर्दा कपाल झर्ने क्रम कम हुन्छ।  
१९. रतन्धो हटाउँछ: राति आँखा नदेख्ने समस्या छ भने दहीको पानीमा मरिचको धुलो मिसाई गाजलजसरी आँखावरिपरि लगाउनाले समस्या कम हुँदै जान्छ।  
२०. कपाल उम्रिन्छ: दहीलाई तामामा निरन्तर रगडेर हरियो बनाई कपाल खुइलिएर तालु भएको ठाउँमा मालिस गर्नाले कपाल उम्रँदै जान्छ।  

No comments:
Write comments

LightBlog