Friday, June 24, 2016

थोत्रा जुत्ता चप्पल प्रयोग गरेर मदिरा उत्पादन !

welcome

सप्तरी, असार  १० । सबैलाई थाहा छ मदिरा सेवन आफैंमा हानीकारक छ । तर, पनि मानिसहरु अनेक बहानामा खान्छन् । तर, तपाईलाई यो रक्सीको उत्पादन कुन सामग्रीबाट तयार हुन्छ भन्ने कुराको पूर्ण जानकारी छ ?

सामान्यतया कोदो, सक्खर, कनिका तथा अन्य अन्न र फलफूलबाट घरेलु मदिरा तयार गरिन्छ । तर, यी सामग्रीले मात्रै होइन्, मान्छेले फ्याँकिसकेका खराव वस्तुहरुबाट पनि घरेलु मदिरा निर्माण गर्ने गरेको भेटिएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा हो, पुरानो चप्पल समेतबाट मदिरा बन्दै गरेको फेला परेको हो। भाँचिसकेको, खिइसकेको अवस्थामा फ्याँकिएको चप्पलको प्रयोग गरी मदिरा बनाउने गरेको रहस्य प्रहरीले फेला पारेको छ ।

राजविराज १ स्थित विजय गुप्ताको घर भाँडामा लिई मदिरा उत्पादन गर्ने राजविराज ५ का बद्री यादव र राजविराज ९ बस्ने कपिल भुजेलको घरमा छापा मारेको छ । छापा मार्दा दुबैको घरबाट अवैध तरिकाले उत्पादन गरिएको घरेलु मदिराका साथै मदिरामा प्रयोग गर्ने सख्खर, पुराना चप्पल, कोदोसहितका सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यादवको घरबाट एक हजार लिटर उत्पादित मदिरा, कच्चा पदार्थ अन्दाजी १५ सय किलो र ६० वटा भाँडाबर्तनहरु नियन्त्रणमा लिएको छ ।

यस्तै भुजेलको घरबाट उत्पादन भएको १० लिटर मदिरा तथा ४ सय किलो कच्चा पदार्थ बरामद नियन्त्रणमा लिएको छ । त्यस क्रममा यादव र भुजेललाई नियन्त्रणमा पनि लिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

दुबैले पुरानो चप्पल र जुत्ता समेतको प्रयोग गरी मदिरा उत्पादन गर्ने गरेको प्रहरीले जनाएको छ ।

No comments:
Write comments

LightBlog