मानसिक रोगीहरुलाई निशूल्क परामर्श दिने मनोविद बासु आचार्यले नेपालको अधिकांस मानिसहरुलाई उपचार गर्दै आई रहेका छन् । उनले धेरै मानसिक रोगीहरुलाई परामर्श दिएरै पनि ठिक पारेका धेरै उदाहरणहरु छन् ।
२०७२ साल बैशाख १२ गतेकाे बिनाशकारी भूकम्पपछि भूकम्प पीडितहरुका लागि निशूल्क रुपमा उनले मनोबैज्ञानिक कक्षाहरु सञ्चालन गरे । उनी अहिले नेपालको पूर्वदेखि पश्चिमसम्म मानसिक रुपमा अस्वस्थ रहेकाहरुलाई निशूल्क मनोवैज्ञानिक परामर्श दिन जुटेका छन् । उनीसंग विदेशमा काम गर्न गएका नेपालीहरुले समेत इन्टरनेट मार्फत परामर्श लिने गरेका छन् ।
खासगरी भूकम्प तथा भारतीय नाकाबन्दीका कारण धेरै नेपालीहरु मानसिक रुपमा विक्षिप्त बनेको उनले कुराकानीका क्रममा बताए । “मेची-महाकालि साइकाेथेरापी अभियान” मा रहेका मनोविद आचार्यसंग खबरमञ्चकर्मी सिर्जना घिमिरेले कुराकानी गरेकी थिइन् ।
प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश-
तपाईं पूर्वदेखि पश्चिसम्म पुग्नुभएको छ, नेपालको परिस्थिति हेर्ने हो भने कस्ता कस्ता मानसिक रोगीहरु पाउनु भएको छ ?
अहिले विशेषगरी यो त्रास अथवा डराउने समस्या विकराल बन्दै गएको छ नेपालमा । अर्काे डिप्रेसनको समस्या पनि निकै डरलाग्दो किसिमले आइरहेको छ । यसमा मानिसहरुलाई दिक्क लाग्ने, चिन्तित हुने, तनाव हुने किसिमका लक्षणहरु देखिन्छन् । अरु समस्या भनेको मेनिया पनि हो । मान्छेलाई दम्भ बढने जसले गर्दा मस्तिष्कमा धेरै समस्याहरु ल्याइदिन्छ । दम्भ पनि बढने अनि डिप्रेसन पनि बढने समस्या भयो भने झन् ठूलो समस्या ल्याइदिन्छ ।
यि मानसिक समस्याहरु के कारणले बढछ मानिसमा?
खासगरी हामी जन्मेको समयदेखि हाम्रा इच्छा आकांक्षा पूरा भए भएनन् भन्ने कुराबाट सुरु हुन्छ । हामीलाई हाम्रा घरका सदस्यले कस्तो व्यवहार गरेका थिए भन्ने कुरा पनि यसमा आउँछ । त्यस समयदेखि कै समस्याहरुले गाँजी रहेको हुन्छ । सानो हुँदादेखिको व्यवहारलाई व्यवस्थापन गर्न सकेन भने धेरै नै समस्या आउँछ । त्यसैले नकारात्मक सोच्न अथवा डिप्रेस्ड बनाउन मदत गरिरहेको हुन्छ । तर सबै कारणहरुको व्याख्या गर्नै सकिन्न । जुनसुकै पनि कारणहरु हुन सक्छन् । मानसिक रोग हुनेहरुले आफ्नो नकारात्मक सोचलाई सकारात्मक सोचमा बदल्ने तरिका सिक्न जरुरी छ । हाम्रो मस्तिस्कको न्युरोट्रान्स्मिटरमा रहेको सेरोटोनिन्, डोपामिन्, नोराड्रेनालिनको घटबढका कारण, बायोलोजिकल समस्याका धेरै कारण धेरै कारणले मानसिक रोग लाग्छ ।

अचेल मानिसहरु निकै व्यस्त पनि हुन्छन्, यो पनि मानसिक समस्याको एउटा कारण हो ?
यो त झन् मुख्य कारण हो । जब मानिस व्यस्त हुन्छ, समयलाई राम्रो व्यवस्थापन गर्न सकेन भने मानसिक रुपमा उ विरामी हुन जान्छ । कामै काम मात्रले मानिसलाई एकोहोरो बनाइदिन्छ । जीवनमा मजा आउनु पर्ने आइदिँदैन । अथवा धेरै मजा आइरहेको हुन्छ । हामी हाम्रो सोचलाई मिलाइरहेको हुँदैनौं । तर अति नै व्यस्त भइरहेका हुन्छौं । त्यो व्यस्ततामा हामी मनोरञ्जन लिनै सकिरहेका हुँदैनौं । व्यस्ततामा पनि मनोरञ्जन लिन सक्यौं भने सोचलाई व्यवस्थापन गर्न सक्छ । नत्र समस्या आउँछ ।

के गर्नुपर्छ यि समस्यालाई व्यवस्थापन गर्न ?
सबैभन्दा पहिला सोच मिलाउनका लागि हामी आफैं चेतनशील हुन जरुरी छ । यि मानसिक समस्या किन भयो, के भएर भयो भन्ने कुरा थाह पाउन जरुरी छ । धेरै नै समस्या छ भने उपचारमा जानै पर्छ । अर्काे कुरा मानसिक समस्या सुल्झाउनका लागि तपाईं हामी सबै मिलेर चेतना फैलाउन जरुरी छ । सरकारले पनि मानसिक समस्या ठूलो समस्या हो भनेर सर्वसाधारणलाई बुझाउन जरुरी छ । औषधिसंगै साइको थेरापीहरु गर्न पनि जरुरी छ । जसले गर्दा मानसिक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसता प्रकारका रोगीहरुको लक्षण चाहीँ के के हुन्छ ?
धेरै प्रकारका समस्याका आफ्नै किसिमका लक्षणहरु हुन्छन् । डिप्रेसन भएका मानिसहरुलाई दिक्क लागिरहने हुन्छ । धेरै दिनसम्म उसलाई त्यो लक्षण देखिन्छ । कसैले मलाई कसैले पनि माया गर्दैन, मदत गर्दैन भन्ने भन्ने कुरा मनमा खेलाइरहन्छ भने त्यो लक्षण डिप्रेसनको हो । कसैका आफन्तजनको मृत्युपछि पनि यस्ता किसिमका समस्या देखिन्छ । कोही मान्छे धेरै छटपट गर्छ भने पनि त्यो मानसिक रोगको लक्षण हो । छटपट चाहीँ गर्छ तर त्यो छटपटीको कारण उसलाई थाह हुँदैन अथवा भन्दैन । यि विविध किसिमका लक्षणहरु मानसिक रोगीहरुमा देखिन्छ ।

मानसिक समस्या भएका मान्छेमा आत्महत्या गर्ने किसिमका विचार पनि आउँछ भन्छन् नि?
हो । जब मान्छेमा मानसिक समस्या आउँछ तब आत्महत्या गर्नेसम्मका सोच आउनसक्छ । तर आत्महत्या गर्नुहुन्न भन्ने कुरा उनीहरुलाई बुझाउन जरुरी छ । मानिसहरुले त्यस्ता मानिसहरुलाई विभिन्न नराम्रा टिका टिप्पणीहरु गर्र्छन् । तर उसलाई जब त्यो सोच आउँछ, त्यसबेला हामीले सम्झाउन जरुरी हुन्छ । म त भन्छु जसलाई त्यस्तो सोच आउँछ, मलाई एकपल्ट ९८५११७७३२० मा फोन गर्नुहोस । एकपल्ट मलाई खोज्नुहोला तपाईंलाई जसरी भए पनि त्यो सोचबाट मुक्त बनाउने कोशिस गर्नेछु । त्यस्का लागि कसैले कुनै शूल्क तिर्नुपर्दैन ।

No comments:
Write comments