झापाको दमक वडा नं. २ मा नौ बर्षिया बालिकाको आफ्नै दिदीको संलग्नतामा बन्चरो प्रयोग गरेर बिभत्स आततायि र बर्बर हत्या भएको छ ।
छिमेकी ‘अंकल’ले बालिकाको हत्या गरेको र त्यसमा आफ्नै दिदीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी श्रोतको भनाइ रहेको छ । यद्यपि प्रहरीले अनुसन्धान जारी रहेको बताउदै आएको छ ।
बुधबार साँझ दमक २ स्थित हेमकर्ण दाहालकी ९ बर्षिया छोरी गंगा दाहालको बन्चरोले हानेर बिभत्स रुपमा हत्या भएको थियो । उनि स्थानीय हिमाल माध्यमिक बिद्यालयमा कक्षा २ मा अध्ययनरत रहेकी थिइन् ।
बुबा लामो समयदेखि ताप्लेजुङमा बस्दै आएका र आमा पनि साँझमा घरबाहिर रहेको अवस्थामा दिदी १७ बर्षिया मन्जु दाहालमात्र घरमा रहेकी थिइन् ।
दिदी मन्जुको बयानका आधारमा प्रहरीले गाँउका ४५ बर्षिय अंकललाइ पक्राउ गरेर अनुसन्धान शुरु गरेको जनाएको छ । अन्य ३ जनालाइ पनि प्रहरीले बुधबार बेलुका र बिहिबार बिहान पक्राउ गरेको छ ।
श्रोतका अनुसार दिदी र गाँउका अंकल एउटै कोठामा आपत्तीजनक अवस्थामा बहिनीले देखेको र आवेगमा दिदीसंग रहेका ब्याक्तिले बन्चरोले हानेर हत्या गरेको हुनसक्छ । प्रहरीले हत्याराको नाम खुलाएको छैन । अन्य पक्राउ परेकाहरुको बिवरण पनि सार्वजनिक गरेको छैन ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले घटनामा संलग्नको पहिचान भएको र घटनाको कारण भने अनुसन्धान भइरहेको बताए ।
उनले दिदीको संलग्नता कुनै न कुनै रुपमा देखिएको स्वीकार गरे । कोठामा दूइजना देखिएको बिषय पनि उनले इन्कार गरेका छैनन् । उनले भने—‘हामी यस बिषयमा अनुन्धान गरिरहेका छौ र यो कारणलाइ नकार्न सकिदैन ।’
बालिकाको बिभत्स हत्याले गाँउ नै शोकमा डुबेको छ । नजिकै रहेको हिमालय माबि पनि बिहिबार बन्द भएको छ ।
Thursday, June 8, 2017
दमककी नौ बर्षिया बालिकाको हत्यारा छिमेकी ‘अंकल’ र आफ्नै दिदी ! यस्तो छ घटनाको रहस्य !
welcome
Subscribe to:
Post Comments (Atom)
Labels
accident
amazing
Ayurvedic Medicine
Back Pain
Cancer
crime
d
Diabetes
Eduaction
Fake doctor
Health
Health Education
Health News
Health/Education
Health/Food
Heart Attack
Information
kedney
Kidney
Knee Pain
Medicine
natural medicine
News
pregnancies
pregnancy
Public Health
Rashifal
Scholarships for Health Education
sex health
sports
Swine Flu
Technology


No comments:
Write comments