Tuesday, June 20, 2017

गाईको पिसाबमा सुन भेटियो, दुधमात्र होइन सुन पनि दिन्छ गाइले ।

welcome

गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ ।

 भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले एक लिटर गहुँतबाट ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिने दाबी गरेका हुन् । विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अध्यक्ष समेत रहेका डा.गोलकियाले आफ्नो ४ बर्षको अनुसन्धानमा ४०० भन्दा बढी गाईको गहुँत जाँच गरेका थिए ।

त्यस क्रममा उनले ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सफल भएको दाबी गरेका हुन् । शोधकर्ताका अनुसार गाइको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो । 

साथै शोधकर्ताहरुले गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको सरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको छ ।

No comments:
Write comments

LightBlog