Wednesday, May 31, 2017

आखाँ नीति जारी भयो

welcome

सरकारले राष्ट्रिय आखाँ स्वास्थ्य निती, २०७४ ल्याएको छ । आखाँ स्वास्थ्य सेवालाई गुणस्तरीय तथा प्रभावकारी बनाउन सरकारले यस्तो निती ल्याएको हो । आज बसेको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको यो नीति पारित गरेको छ । 
नीति लागू भएपछि आँखा उपचार सेवामा सबै नागरिकको पहुँच बढ्ने, उपचार गुणस्तरीय हुने, उपचारबाट निको नहुने दृष्टिविहीनको शिक्षा एवम् पुनःस्थापनामा सहज पहुँच हुने बताइएको छ ।
नितीमा प्राथमिक आँखा उपचार केन्द्र हेल्थपोस्टदेखि प्राथमिक अस्पताल तहका आँखा उपचार सेवा) लाई विद्यमान प्राथमिक स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने, उपचारद्वारा निवारण गर्न सकिने दृष्टिविहीनतालाई निर्मूल गर्न निरोधात्मक सेवाको विकास र विस्तारमा जोड दिने लगायतका कुराहरु उल्लेख छन् ।

No comments:
Write comments

LightBlog