हरेकको दिमागमा एउटा प्रश्न आउँछ । स्वास्थ्य रहनको लागि कुन उमेरका मानिस कति घन्टा सुत्ने ? घन्टा सुत्दा शरिरलाई उपयुक्त हुन्छ ? उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्न समय सुत्नुपर्छः
- नवजात शिशु (तीन महिनासम्मको) हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।
- त्यस्तै १ देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ ।
- स्कुल जाने उमेर नपुगेका भएका बालबालिका (तीनदेखि पाँच वर्ष) दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।
- स्कुल जाने बालबालिका (६ देखि १३ वर्ष उमेर) का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।
- किशोरकिशोरी (१४देखि १७ वर्ष ) किशोर किशोरी हरेक दिन ८ देखि १० घन्टा सुत्नुपर्छ ।
- १८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।
- २६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।
- ६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७ देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।
- गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ -
No comments:
Write comments