Tuesday, June 28, 2016

के पढ्ने दुविधामा हुनुहुन्छ, एजुकेशन फेयर अवलोकन गर्नुहोस्

welcome

काठमाडौं– के पढ्ने, कुनमा रोजगारीको अवसर धेरै छ, कति नम्बर ल्याउनुपर्छ ? जस्ता विषयमा धेरै विद्यार्थी र अभिभावक दुविधामा रहेको पाइन्छ । यसैलाई मध्येनजर गरी पूर्वाञ्चल विश्वविद्यालयले असार १७, १८ र १९ गते काठमाडांै त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा ‘पूर्वाञ्चल युनिभर्सिटी एजुकेशन फेयर २०१६’ आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनमा मेलाका बारेमा जानकारी गराइएको हो । ‘विशेषगरी विद्यार्थीहरुले कलेज तथा विषय छनौटका लागि विभिन्न कलेजमै पुग्नु पर्ने बाध्यतालाई यस एजुकेसन फेयरले सम्वोधन गर्ने विश्वास हामीले लिएका छौं,’ आयोजकका तर्फबाट बोल्दै गोपीकृष्ण न्यौपानेले भने ।
स्वास्थ्य विषय पढ्ने चाहाना भएका विद्यार्थीका लागी उक्त मेला अक्ष विशेष हुने देखिएको छ । उक्त शैक्षिक मेलामा विश्वविद्यालय मार्फत संचालित हेल्थ साइन्ससँग सम्बन्धित विषयहरुको बारेमा विस्तृत जानकारी दिइने भएको छ ।
हेल्थ साइन्स लगायत इन्जिनियरिङ, जेनरल साइन्स, मेनेजमेन्ट, बायोमेडिकल इन्जिनियङि लगायतका विषय बारे विभिन्न जानकारी दिइने आयोजकले जनाएको छ ।
मेलामा ६० भन्दा बढी कलेजहरुको सहभागीता हुने न्यौपानेले बताए । मेलामा शैक्षिक परामर्श, सेमिनार जस्ता कुरामा विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।
पछिल्लो समय विदेश नै राम्रो पढाइ हुने भ्रम रहेको छ । जसलाई पनि यस कार्यक्रमले चिर्ने विश्वाश लिइएको छ ।
फेयर अवलोकन गर्ने विद्यार्थीहरुलाई विभिन्न शिर्षकका स्करलसिप, एजुकेसन लोन र विभिन्न सेवा—सुविधाहरुको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।


No comments:
Write comments

LightBlog