Showing posts with label accident. Show all posts
Showing posts with label accident. Show all posts

Tuesday, August 1, 2017

काठमाडौंको लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लाग्यो, दुबै खुट्टा जलेर भए एक युवा घाइते हेर्नुहोस भिडिओ !

काठमाडौंको लाजिम्पाटस्थित सडक किनारमा हिँडिरहेका एक पैदलयात्री बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला करेन्ट लागेर रामेछापको बेथान-३ घर भएका २९ वर्षीय राजु लामा घाइते भएका हुन् । उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ ।

सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको स्थानीयले बताएका छन् ।

काठमाडौंका सडक किनारका पोलहरुमा जथाभावि टाँगिएका तारमा सट हुने र आगो लाग्ने घटनाहरु सामान्य जस्तै भएका छन् । तर, सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । केही दिन अघि नयाँबानेश्वर, अनामनगर लगायतका क्षेत्रमा पनि पोलहरुमा करेन्ट सट भएर आगो लागेको थियो ।
करेन्ट चुहावट हुनसक्ने भएकाले बिजुलीका खम्बा वा पोलहरुमा छुनु हुँदैन ।

टिप्परमा करेन्ट लागेर चालकको मृत्यु

सोमबार काठमाडौंको पानीपोखरी मोडमा बा २ क ११२५ नम्बरको टिप्परले गिट्टी झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक मेलम्ची घर भई हाल ललितपुर लगनखेल बस्ने ३० वर्षीय नवराज माझीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

करेण्ट लागेर घाइते भएका टिप्परमा सवार रामेछाप घर भई हाल ललितपुर लगनखेल बस्ने २६ वर्षीय रामबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उदयपुरमा करेन्ट लागेर कर्मचारी घाइते


यसैबीच उदयपुरको त्रियुगा नगरपालिका ९ मा पनि मंगलबार ११ हजार भोल्टको करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारी गम्भीर घाइते भएका छन् ।

ट्रान्समिटरमा चढेर लाइन काट्ने क्रममा त्रियुगा ३ का ३९ वर्षीय डोमी चौधरी घाइते भएका हुन् । शरिरका विभिन्न भागमा डढेर घाइते भएका चौधरीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

Saturday, July 15, 2017

मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति एकापसमा ठक्कर खाँदा एकको मृत्यु

 मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन् । इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ ।

बस र चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको शैलुंगेश्वरी यातायातको बा४ख १९९१ नंको बस र भक्तपुरतर्फ आउँदै गरेको बा८५प ९९२८ नंको मोटरसाइकल अरनिको राजमार्गअन्तर्गत गठ्ठाघर चोकमा एकापसका ठोक्किएर दुर्घटना भएको थियो ।

Sunday, June 25, 2017

कम्तीमा १२३ जनाको मृत्यु हुनेगरी पाकिस्तानमा तेल ट्यांकरमा आगलागी,

असार ११, २०७४- पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको एक सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १२३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी अनलाइन डनका अनुसार ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु आगलागीमा परेका छन् । ट्यांकरबाट तेल चुहिएको खबरपछि ठूलो संख्यामा महिला र बालबालिका तेल जम्मा गर्न गर्न पुगेका थिए । दुर्घटनामा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेका छन् ।

आगलागीमा मृत्यु भएकाहरुको अनुहार चिन्न सकिंदैन । उनीहरुको डीएनए परीक्षणको तयारी भइरहेको बीबीसीले जनाएको छ ।

Friday, March 13, 2015

ललितपुरमा अचम्म र डरलाग्दो दुर्घटना, कारमा २० फिटको डण्डी पस्यो(भिडियो सहित) -

 फाल्गुन ३०- ललितपुर,   ललितपुरको झम्सिखेलमा आज एकाबिहानै अचम्म र डरलाग्दो दुर्घटना भएको छ ।

दुर्घटना यस्तो भएको छ कि उक्त दुर्घटना देखेर ट्राफिक प्रहरी मात्र होइन हेर्ने जोकोही चकित बनेका छन् ।

तीव्र गतिमा हुईंकिएको बा.९च ९६४० नम्बरको कारभित्र २० फिटको डन्डी पसेपनि चालक सकुशल छन् ।

बौद्ध घर भै बालुवाटार बस्ने २८ वर्षीय निमा शेर्पा ठमेलमा आफन्तको घरमा जन्मदिन मनाएर राती २ बजे झम्सीखेलको रेष्टुरेन्ट पुगेको र त्यहाँबाट बिहान ४ बजे आफ्नो कार चलाएर निस्कँदा यो दुर्घटना भएको हो ।

मादक पदार्थ सेवन गरी तीव्र गतिमा कार चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

सडक छेउको रेलिङमा ठोक्किँदा रेलिङमा राखिएको २० फिट लामो एउटा डन्डी कारको अघिल्तिरबाट पसेर चालकको सिट हुँदै पछिल्तिर निस्किएको हो ।

चालक शेर्पाको कोटसमेत छेडेर निस्केको डन्डीले उनलाई केही भएन बरु रेलिङका अरु डन्डी भाँच्चिएर सडकभरी असरल्ल भयो ।

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले अंग्रेजी फिल्ममा देख्ने गरेको दृश्य आफ्नो आखैंले देख्दा अचम्म परेको प्रतिक्रिया दिए ।
ललितपुरमा अचम्म र डरलाग्दो दुर्घटना, कारमा २० फिटको डण्डी पस्यो(भिडियो सहित) -
LightBlog