Friday, March 13, 2015

ललितपुरमा अचम्म र डरलाग्दो दुर्घटना, कारमा २० फिटको डण्डी पस्यो(भिडियो सहित) -

welcome

 फाल्गुन ३०- ललितपुर,   ललितपुरको झम्सिखेलमा आज एकाबिहानै अचम्म र डरलाग्दो दुर्घटना भएको छ ।

दुर्घटना यस्तो भएको छ कि उक्त दुर्घटना देखेर ट्राफिक प्रहरी मात्र होइन हेर्ने जोकोही चकित बनेका छन् ।

तीव्र गतिमा हुईंकिएको बा.९च ९६४० नम्बरको कारभित्र २० फिटको डन्डी पसेपनि चालक सकुशल छन् ।

बौद्ध घर भै बालुवाटार बस्ने २८ वर्षीय निमा शेर्पा ठमेलमा आफन्तको घरमा जन्मदिन मनाएर राती २ बजे झम्सीखेलको रेष्टुरेन्ट पुगेको र त्यहाँबाट बिहान ४ बजे आफ्नो कार चलाएर निस्कँदा यो दुर्घटना भएको हो ।

मादक पदार्थ सेवन गरी तीव्र गतिमा कार चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

सडक छेउको रेलिङमा ठोक्किँदा रेलिङमा राखिएको २० फिट लामो एउटा डन्डी कारको अघिल्तिरबाट पसेर चालकको सिट हुँदै पछिल्तिर निस्किएको हो ।

चालक शेर्पाको कोटसमेत छेडेर निस्केको डन्डीले उनलाई केही भएन बरु रेलिङका अरु डन्डी भाँच्चिएर सडकभरी असरल्ल भयो ।

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले अंग्रेजी फिल्ममा देख्ने गरेको दृश्य आफ्नो आखैंले देख्दा अचम्म परेको प्रतिक्रिया दिए ।
ललितपुरमा अचम्म र डरलाग्दो दुर्घटना, कारमा २० फिटको डण्डी पस्यो(भिडियो सहित) -

No comments:
Write comments

LightBlog