Sunday, June 25, 2017

स्मार्ट फोन र टयाबलेट बालबालिकाका लागि घातक

welcome

स्क्रिन भएका उपकरणसँग खेल्नमा रत्तिने बालबालिका ढिलो बोल्न थाल्छन् । विशेष गरी स्मार्ट फोन र टयाबलेट बालबालिकाका लागि घातक हुन्छ ।
६ महिनादेखि दुई वर्षसम्मका ८ सय ९४ शिशुमा गरिएको यो अध्ययन प्रतिवेदन सन फ्रान्सिस्कोमा भएको पेडियाट्रिक एकेडेमी सोसाइटीको बैठकमा प्रस्तुत गरिएको हो ।

यो अध्ययनको परिणाम अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको सुझावसँग मिल्दोजुल्दो छ । त्यस अनुसार डेढ वर्षभन्दा साना बालबालिकालाई स्क्रिन भएका कुनै पनि उपकरण चलाउन दिन हुन्न ।

अध्ययनअनुसार, स्क्रिन भएका उपकरण हरेकपल्ट आधा घन्टाभन्दा बढी चलाउने बालबालिकाको बोली फुट्न ढिलाइ हुने आशंका ४९ प्रतिशतसम्म बढ्छ । अचेल स्मार्ट फोन, टयाबलेट जस्ता स्क्रिन भएका उपकरण हरेक ठाउँका बालबालिकाको पहुँचमा छन् र उनीहरू सबै थोक भुलेर तिनैमा अलमलिने गरेका छन् ।
बालबालिकालाई एउटा निश्चित समयसम्म मात्रै त्यस्ता उपकरण खेल्न दिनुपर्ने अनुसन्धानको सुझाव छ ।

No comments:
Write comments

LightBlog