Thursday, June 8, 2017

बैदेशिक रोजगारीले यसरी निम्त्याउदैछ बाँझोपन

welcome

विवाहपछि प्रत्येक दम्पतिको पहिलो सपना भनेको बच्चा नै हो । जब विवाहपछि बच्चाको हाँसो घरमा गुन्जिन्छ तब मात्र त्यो दम्पतिको जीवन सफल भएको मानिन्छ । तर, यो सपना कसै कसैका लागि अभिषाप बन्छ । विभिन्न कारणले यो सपना पूरा हुन सक्दैन ।


समयमै बच्चा भएन भने महिलालाई हेलाको दृष्टिले हेर्ने चलन अहिलेपनि हाम्रो समाजमा व्याप्त छ । तर, बच्चा नजन्मनुमा महिलाको मात्र नभई पुरुषको पनि कारण बन्न सक्छ । अर्थात् सन्तान नहुनुमा महिला तथा पुरुष दुवैमा हुने समस्याका कारण पनि हुन सक्छ ।

कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवास गर्दा पनि कहिलेकाहीँ दम्पतिमा खराबी नदेखिएपनि गर्भ रहन धेरै वर्ष लाग्न सक्छ । पुरुषहरुमा सन्तान नहुने धेरै कारण हुन्छन् । जसमध्ये खाडि मुलुकमा काम गर्न जाने युवा कामदारहरुमा विशेष गरी सन्तान नहुने समस्या देखा परेको निःशन्तान विशेषज्ञ डा। सबिना श्रेष्ठ प्रधानले बताइन् ।

धेरै गर्मीका कारण उनीहरुको शुक्रकिट उत्पादनमा ५० प्रतिशतसम्म कमी आउन सक्छ । यस्तो समस्या खाडि मुलुकमा काम गर्न जाने सबै युवामा नभई विशेष गरि कन्टक्सन र धेरै गर्मी हुने खुला स्थानमा काम गर्ने अधिकांस पुरुषमा यो समस्या देखापर्ने डा. सविनाको भनाई छ । उच्च तापक्रमका कारणले उनीहरुको शुक्रकिट उत्पादनमा ह्रास आउने हुन्छ ।

तर उनीहरुको शुक्रकिट सामान्य अवस्थामा फर्कन करीब ३ महिना लाग्ने गर्छ, जुन समयमा उनीहरु पुनः काममा फर्किसकेका हुन्छन् । जसका कारण उनीहरुको सन्तात उत्पादन भएको हुँदैन । ३ महिनाको बिदामा नेपाल आउने र सन्तान नभए कै कारण धेरै दम्पति पारिवारीक र सामाजिक तनावमा हुन्छन् । युवाहरु विवाह गर्नासाथ वैदेशिक रोजगारीमा जाने र ३ महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ ।

तनावका कारण पनि समय मै उनीहरु सन्तान जन्माउन योग्य नहुने चिकित्सकहरुको भनाई छ । त्यसैले वैदेशिक रोजगारमा जाने युवाहरुले बच्चा जन्माउनका लागि ३ महिना भन्दा लामो विदा लिनुको साथै तनाव मुक्त रहनु पर्छ । शुक्रकिट सामान्य अवस्थामा फर्कन ३ महिना लाग्ने हुदा उनीहरुमा अन्य समस्या नभएमा त्यो समयभन्दा पछाडीको समयमा उनीहरुको लागि उपयुक्त मानिन्छ ।

No comments:
Write comments

LightBlog