मानिस लाई मात्र हैन हेरक प्राणीलाई आफ्नो दिसा पिसाब घिन ले होला त्यसलाई अखाद्यय पधार्थ को रुप मा हेर्छन ! तर त्यहि अखाध्य भनेको चिज विभिन्न रोग को दबाई हुन्छ भने घिन नमानी कन खान बाध्य हुनु पर्ने हुन्छ ! यस्तै लहर चलेको छ चीनमा !
स्वास्थ्य राम्रो बनाउने बहानामा चिनियाहरुले दुनियाका सबै चिज खान हिचकिचाउदैनन् होला । यसै क्रममा उनीहरुले आफ्नै पिसाब पनि पिउन थालेका छन् ।
चीनमा अहिले आफ्नो पिसाब पिउने एक प्रकारको अभियान नै चलेको छ । जिउलाई स्वस्थ राख्नका लागि आफ्नै पिसाब पिउनका लागि प्रोत्साहन गर्न चीनमा एउटा संस्था नै खुलेको छ । जसको नाम हो चिनिया युरिन थेरापी एसोसिएसन ।
चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा यो संस्था रहेको छ । यो संस्थासँग आबद्ध सबै मानिसहरुले आफ्नै पिसाब पिउने गरेका छन् ।
बाओ याफु र यी डोंगसान नामका दुइ व्यक्तिले पिसाब पिउने यो अभियनको सुरुवात गरेका हुन् । यी दुइजना हरेक दिन बिहान बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुमबाट निस्किन्छन् । उनीहरु बाथरुममा छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउँछन् र कपको पिसाब सनक्क पिउँछन् । पिसाब पिइसकेपछि निकै स्वादिलो पो छ त भनेर आपसमा ।
युरिन थेरापी एसोसिएसन नामक संस्थाका अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मुक्ति दिलाउँदछ । एसोसिएसनका सदस्यहरुले पिसाब पिउने मात्र होइन पिसाबले आफ्नो मुख तथा आँखा पनि सफा गर्दछन् । अनुहारमा चमक ल्याउन तथा आँखाको ज्योति गुम्न नदिनका लागि पिसाब निकै सहयोगी हुने विश्वास उनीहरुमा छ । स्मरण रहोस् भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाइले समेत आफ्नै पिसाब पिउँदथे ।
यो संस्था सन् २००८ मा स्थापना भएको हो । तर यसलाई चीनको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म मान्यता दिएको छैन । सन् २०१० मै यो संस्थाका सदस्य ८ सय पुगेका थिए अहिले १ हजार पुगिसकेका छन् । सदस्यहरु सबै बिहानै संस्थाको कार्यालयमा जम्मा भएर बाथरुममा गई कपमा पिसाब फेरेर पिउँछन् । साथै उनीहरु विभिन्न खाले व्यायाम पनिसँगै गर्दछन् ।
No comments:
Write comments