Saturday, July 11, 2015

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क आँखा तथा स्वस्थ्य शिविर सुरु

welcome

काठमाडौँ, १० असार । भूकम्प प्रभावित जेष्ठ नागरिकलाई लक्षित गरी नेपाल नेत्रज्याति सङ्घ, जेरियाट्रक सोसाइटी नेपाल र हेल्पएज इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा प्रभावित क्षेत्रमा निःशुल्क आँखा तथा स्वस्थ्य शिविर सुरु भएको छ ।

भूकम्प प्रभावित क्षेत्रहरुमध्ये पहिलो चरणमा काठमाडौँं, भक्तपुर, नुवाकोटका विभिन्न पन्ध्र स्थानमा यही असार ८ गतेदेखि सञ्चालन भइरहेको निःशुल्क शिविरमा दैनिक दुई सय जनालाई उपचार गर्ने लक्ष्य लिइएको छ ।

सङ्घका अनुसार प्रत्येक शिविरमा विशेषज्ञ चिकित्सक र अनुभवी स्वस्थ्यकर्मीबाट सेवा प्रदान गरिने छ भने औषघि र चश्मा लगायत निःशुल्क वितरण गरिने जनाइएको छ ।

No comments:
Write comments

LightBlog