Monday, March 23, 2015

छाति बाहिर मुटु भएको शिशुको सल्यक्रियाको क्रममा मृत्यु

welcome

 जन्मिदै छाति बाहिर मुटु भएको (इक्टोपिया कोर्डिस) शिशुको काठमाण्डौँ बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको छ ।

 धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काठमाण्डौँ ल्याइएको थियो । छाति बाहिर धड्किरहेको मुटुलाई शरीर भित्र राख्नको लागि सल्यक्रिया गर्ने क्रममा उनको निधन भएको हो ।

 झापा बनियानी ४ की २२ वर्षीया श्रुति कार्की (दाहाल)को कोखबाट मुटु बाहिर निस्किएको शिशु (बालक)को जन्म भएको थियो ।

शिशुको मुटु बाहिरै भए पनि अरु सबै अवस्था सामान्य रहेको प्रतिष्ठानकी प्रसुति रोग विभाग प्रमुख डा। शैलजा क्षेत्री श्रेष्ठले बताएकी थिइन् । यस्तो घटना नेपालमै पहिलो भएको र विश्मै हालसम्म ९१ वटा मात्र यस्ता बच्चाको जन्म भएको उनले जानकारी दिइन् ।

No comments:
Write comments

LightBlog