Monday, March 30, 2015

विहानको सहबास ले छिटो बुढो भइन्छः गरुड पुराण

welcome

स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन हो । स्वस्थ शरीर भयो भने अभावमा पनि खुसी हुन सकिन्छ तर रोगी शरीर पर्यो भने अपार सुखमा पनि दुःख नै महसुस हुन्छ । शास्त्रमा पनि स्वास्थ्य धनलाई बढी महत्व दिइएको छ । किन भने खराव स्वास्थ्यले आर्थिक स्थिति मात्र होइन सामाजिक जीवन पनि विगार्छ । स्वस्थ जीवनका लागि जीवन शैली पनि ध्यान दिनु पर्छ । अहिले सबै जना ब्यस्त छन् । सबैको जीवनमा भागदौड बढी छ । यसकै कारण आहार विहार नमिल्दा शरीरमा अनेक रोगहरु जन्मि रहेका छन् । आजकल मानिसहरु उमेर भन्दा छिटो बुढो हुन्छन् ।

गरुण पुराणमा युवा अवस्थामा आहार विहारमा ध्यान दिन सके स्वस्थ रहने र छिटो बुढो हुने समस्याबाट मुक्त हुने उल्लेख छ ।

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षडभिन निवसन्ति रोगा:।।


यो श्लोकको अर्थ हुन्छ कि दिनचर्यामा लापरवाही भएमा तपाइँलाई गम्भीर रोग लाग्न सक्छ । यसले छिटो वृद्ध अवस्थातिर धकेल्छ भने उमेर घट्न सक्छ । यस कारण यी छ काममा सँधै सावधान रहनुस् जसले गर्दा यौवनावस्था लम्बाउन सकिन्छ ।

गरुड पुराणले यी कामले छिटो बुढो बनाउने उल्लेख गरेको छः
  • चाहिने भन्दा बढी मात्रामा पानी पिउनु
  • भारी अर्थात गठिलो भोजन गर्दा
  • वीर्य स्खलन गर्नु
  • दिशा पिशाव रोक्नु
  • दिउसोमा सुत्नु
  • राति अवेर सम्म बस्नु
  • सन्ध्यामा धुवाँ पिउनु
  • आगोमा हात सेक्नु
  • रजश्वला भएकी स्त्रीसँग सम्बन्ध राख्नु
  • रातिमा दहीको सेवन गर्नु
  • विहानको समयमा सहवास या शयन गर्नु
  •  
गरुण पुरुणमा सबै कुरा विचार गरेमा धनी र स्वस्थ बन्न सकिने पनि उल्लेख छ ।

कुचैलिनं दन्तमलोपधारिणं ब्रह्वाशिनं निष्ठुरवाक्यभाषिणम्।
सूर्योदये ह्यस्तमयेपि शायिनं विमुञ्चति श्रीरपि चक्रपाणिम्।।



यो श्लोकको अर्थ यस्ता छ बानी छोड जसले गर्दा लक्ष्मी रिसाउँछिन् । अर्थात यस्ता गलत कामबाट ब्यक्ति अभावमा जीवन गुजार्न बाध्य हुन्छ ।
  • दाँत सफा नराख्नु
  • मैला कपडा लगाउनु
  • बढी भोजन गर्नु
  • कटु बचन बोल्नु
  • सूर्योदय र सूर्यास्तको समयमा पनि सुतिरहनु

यी काममा ध्यान दिने हो भने स्वस्थ र समृद्ध हुने गरुण पुराणमा उल्लेख छ ।

No comments:
Write comments

LightBlog